जोडिनुहोस
  • होमपेज
  • आयातित विचारधाराले देश बन्दैन– राजेन्द्र महतो

आयातित विचारधाराले देश बन्दैन– राजेन्द्र महतो

काठमाडौं। राष्ट्रिय मुक्ती क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले आयातित विचारधाराका कारण देश बन्न नसकेको बताएका छन् । बुधबार बर्दियाको गुलरियामा पत्रकारहरुसँगको कुराकानिमा उनले यस्तो बताएका हुन् ।

विदेशी विचारधारा अपनाउँदै कांग्रेस, माओबादी लगायत राजनीतिक दलले सत्ता संचालन गरकै कारण देश बन्न नसकेको उनको आरोप छ ।

“यो देशको शासन इम्र्पोटेट गरिएको विचार हो, यो धर्तिमा बनाइएको विचार नै हैन । त्यो माओ लेनिन यो धर्तिको उपज नै हैन” त्यो कसले अपनायो कांग्रेस कम्युनिष्टले, समाजबादी भन्या छ, साम्यबादी भन्या छ, अनि आफ्नो विचार खोइ त ?” उनले प्रश्न समेत गरे ।

नेपालमा स्वदेशबादको आवश्यकता रहेको उनले धारणा छ । यहाँको संस्कृति, सभ्यता अनुसारको विचारले मात्र देश बन्ने उनको तर्क थियो । आफुले सडक, सदन हुँदै सरकारमा पुग्दा समेत अधिकार र पहिचानको मुद्धामा खरो तरिकारले उठान गरेको संयोजक महतोले उल्लेख गरे ।

नेपाल कसैको उपनिवेशमा नपरेको उल्लेख गर्दै उनले यहाँकै एकल नश्लबादीहरुले देशमा सत्ता शासन संचालन गरेको बताए । कांग्रेस र माओवादीलाई लक्षित गर्दै उनले गरिब, थारु, मधेशी, मुस्लिमलाई सासन सत्तामा कहिल्यै पनि पुग्न नदिने दाबी गरे । एकलबाद सोंच, बाहुल राज्यकोको संरचनालाई एकलौटी बनाउने र विदेशी विचारधारा ल्याएर सत्ता संचालन गर्नले नै नेपालीहरु बाहिरीरनु परेको देशको अवस्था नाजुक भएको महतोको निष्कर्ष थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका