जोडिनुहोस
  • होमपेज
  • चितवनमा सबैको प्यारो नेता हुन मन छ : रवि लामिछाने

चितवनमा सबैको प्यारो नेता हुन मन छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू चितवनका बालबालिकादेखि वृद्धसम्मको प्यारो नेता हुने मन रहेको बताएका छन् । चितवन २ बाट निर्वाचित भएपछि विजय ¥यालीमा बोल्दै लामिछानेले भोट हाल्ने नहाल्ने दुबैलाई समान व्यवहार गर्ने बताए ।

‘मलाई मात्रै होइन मेरो प्रतिस्पर्धीलाई भोट हाल्नेहरुलाई निर्धक्क हुन अनुरोध गर्दछु । म सबैको नेता हुन चाहन्छु । मलाई भोट हाल्ने मात्रै होइन यो चितवनमा रहनु हुने वालकदेखि वृद्धसम्म सबैको प्यारो नेता हुन मन छ । सबैको मनभित्र बस्न मन छ’ लामिछानेले भने, ‘कहाँबाट भोट बढी आयो कहाँबाट कम भोट आयो भनेर हिसाब राख्ने छैन । बेहिसाब चितवनको विकास निर्माणमा लाग्ने छु ।’

आफूले सबैभन्दा पहिले दुर्गम स्थानीय तहलाई प्राथमिकतामा राखेर काम गर्ने लामिछानेले बताए । आफ्नो प्राथमिकता अब इच्छाकामना स्थानीय तहको विकास गर्ने हुने उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका