जोडिनुहोस
  • होमपेज
  • सवारी चालक अनुमतिपत्रको नवीकरण अवधि अब १० वर्ष बनाइने

सवारी चालक अनुमतिपत्रको नवीकरण अवधि अब १० वर्ष बनाइने

काठमाडौं । ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ । हाल पाँच/पाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएकाले १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको छ ।

‘नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं’ मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने ।

पाँच वर्षमा नवीकरण गर्नुपर्ने प्रावधानलाई बदलेर १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गर्दा नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत लोड कम हुने विश्वास लिइएको उनले जानकारी गराएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका