जोडिनुहोस
  • होमपेज
  • काठमाडौं र झापाबाट बलात्कार आरोपमा दुईजना पक्राउ

काठमाडौं र झापाबाट बलात्कार आरोपमा दुईजना पक्राउ

काठमाडौं– काठमाडौं र झापाबाट बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं स्वयम्भू बस्ने ३७ वर्षीय कर्मा घलेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घलेले ती किशोरीलाई काठमाडौं बौद्ध तीनचुलीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको गौरादह नगरपालिका-६ बिरबल चोक बस्ने ५१ वर्षीय देव कुमार ताजपुरीयालाई  प्रहरीले पक्राउ गरेको छ । 

ताजपुरीयाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोहबराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका