जोडिनुहोस
  • होमपेज
  • स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ

स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ

पर्सा । पर्सामा एकजना भारतीय नागरिक स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका छन् । वीरगंज महागरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ३ लाख ७५ हजार ८ सय भारतीय रुपैयाँसहित भारत घर भएका ३९ वर्षीय अमित कुमार सिंहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा २ हजार दरका २१ थान, ५ सय दरका ६ सय ४४ थान, २ सय दरका ३३ थान र १ सय दरका ४५ थान र ५० थानका १४ थान नोटसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका