जोडिनुहोस
  • होमपेज
  • हिन्द महासागरमा चीनको विस्तारवादी एजेन्डाः म्यानमार र श्रीलंकामा राडार स्टेशनहरूको खतरा

हिन्द महासागरमा चीनको विस्तारवादी एजेन्डाः म्यानमार र श्रीलंकामा राडार स्टेशनहरूको खतरा

नयाँ दिल्ली—  चीन र संयुक्त राज्य अमेरिका र उनका सहयोगीहरू बीचको शक्ति संघर्षले हिन्द महासागर क्षेत्रमा अस्थिर अवस्था सिर्जना गरेको छ । आफ्ना स्वार्थहरू सुरक्षित गर्न दुवै पक्षले आक्रामक रूपमा रणनीतिक चोकपोइन्टहरू नजिक सैन्य उपस्थितिलाई बढाइरहेका छन् ।

आफ्नो शक्ति संघर्षलाई मजबुत बनाउन साना राष्ट्रहरूलाई ठूलो दबाब दिइरहेका छन् । चीन र अमेरिकी एलायन्स राष्ट्रले एक अर्कालाई नजिकबाट निगरानी गरिरहेका छन् । यीमध्ये सबैभन्दा ठूलो दोषी चीन हो, जसले प्रायः राष्ट्रहरूबाट फाइदा उठाउनका लागि विशेष रणनीतिको सहारा लिइरहेको छ ।

म्यानमार र श्रीलंकामा चिनियाँ लगानीमा सञ्चालित राडार स्टेशनहरू चीनको विस्तारवादी एजेन्डाको बारेमा बढ्दो चिन्ता उजागर गरेको छ । अमेरिकी सरकारसँग घनिष्ठ सम्बन्ध भएको कम्पनी, म्याक्सर टेक्नोलोजीले जनवरी २०२३ मा स्याटेलाइट तस्बिरहरु प्रकाशित गरेको थियो । उक्त तस्बिर म्यानमारको ग्रेट कोको टापुमा निर्माण गतिविधिहरू पुनः सुरु भएको देखाएको थियो । तस्बिरहरूले दुई नयाँ ह्याङ्गर, नयाँ आवास ब्लक, र थप निर्माणका लागि खाली जग्गाको निर्माणलाई चित्रण गरेको छ, जसले चीनको नियतमाथि शंका उत्पन्न गरेको छ । उदाहरणका लागि, अन्य राष्ट्रहरूको सीमाना उल्लङ्घन गर्दै चीनले प्रायः आफ्नो जहाजहरू दक्षिण चीन सागरमा पठाउँदै आएको छ । यो गर्नुको मूख्य कारण निगरानी गर्नु हो । यस मामिलामा चीनलाई कुनै किसिमको छुट दिनु खतरनाक र मूर्खता हुनेछ ।

डेमियन साइमन र जोन पोलकले चथम हाउसको लागि ग्रेट कोकोको सन्दर्भमा लेखेको अनुसन्धानमा चीनले म्यान्मारलाई आफ्नो नौसेनाको जासुसी गर्न प्रयोग गर्न सक्छ भन्ने भारतको लामो समयदेखि रहेको आशंकालाई प्रकाश पारेका छन् । लेखकहरूले षडयन्त्र सिद्धान्तहरूले कोको आइल्याण्ड चेन वरिपरि छलफलमा प्रभुत्व जमाउनुको साथै म्यानमारले आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउन कुनै पनि कदमको पछाडि चिनियाँ हात रहेको दाबी गरेका छन् । चीनको यस्तो कार्यले यस क्षेत्रको अस्थिरता मात्रै थपिरहेको छ र अन्तर्राष्ट्रिय समुदायले यसको निन्दा गर्नुपर्छ ।

भारतीय मिडियाले गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै, श्रीलंकाको दक्षिणी क्षेत्रमा राडार स्टेशन स्थापना गर्ने चीनको योजनाको बारेमा चिन्ता बढाएको छ, जसले हिन्द महासागरमा चीनको आक्रामक विस्तारवादी एजेन्डाको बारेमा थप शंका उत्पन्न गरेको छ। यी चिन्ताहरू निराधार छैनन् । चीनले केही महिनाअघि अमेरिकामा जासुसी गर्ने मौसमी बेलुन पनि पठाएको थियो

इकोनोमिक टाइम्स अनुसार श्रीलंकाको प्रस्तावित राडार स्टेशनमा भारतीय नौसेनाका गतिविधिहरू मात्र होइन, दक्षिणी भारतका कुडानकुलम र कल्पक्कम आणविक ऊर्जा संयन्त्रहरू जस्ता महत्वपूर्ण रणनीतिक सम्पत्तिहरू पनि निगरानी गर्ने क्षमता छ । कुडनकुलम र कल्पक्कम प्लान्टहरू भारतको आणविक ऊर्जाको प्रमुख स्रोत हुन् ।

चीनले कुनै अवरोध गरेमा भारतको ऊर्जा सुरक्षामा गम्भीर खतरा सिर्जना हुने आशंका गरिएको छ । यसबाहेक, रडार स्टेशनले डिएगो गार्सियामा अमेरिकी सैन्य आधारको गतिविधिहरू पनि ट्र्याक गर्न सक्छ, जुन यस क्षेत्रमा अमेरिकाको लागि महत्वपूर्ण स्थान हो । यस आधारका गतिविधिहरूमा कुनै पनि निगरानी वा हस्तक्षेप संयुक्त राज्यको राष्ट्रिय सुरक्षाको लागि प्रत्यक्ष खतराको रूपमा हेरिनेछ, र क्षेत्रीय स्थिरतामा गम्भीर प्रभाव पार्न सक्छ ।

यस राडार स्टेशनको निर्माण र सञ्चालनमा चीनको संलग्नता रहेको तथ्यले हिन्द महासागर क्षेत्रमा पहिलेदेखि नै तनावपूर्ण भूराजनीतिक वातावरणलाई थपेको छ ।
श्रीलंका र म्यानमारमा चीनको बढ्दो उपस्थिति लामो समयदेखि अनुमान र विवादको निम्त्याएको छ । भारतले यस क्षेत्रमा आफ्नो प्रभावलाई कमजोर पार्ने चीनको रणनीतिको महत्वपूर्ण भागको रूपमा हेरेको छ ।

भारतीय मिडियाले यी राष्ट्रहरूमा भएका विभिन्न घटनाक्रममा चीनको संलग्नता रहेको आरोप लगाउँदै अनगिन्ती लेखहरू सम्प्रेषित गरेको छ, जसले पहिलेदेखि नै तनावपूर्ण भूराजनीतिक वातावरणलाई सिर्जना गरेको छ ।

सन् १९८० को दशकमा म्यानमारको सेना र चीनबीचको सम्बन्ध न्यानो हुँदै जाँदा म्यानमार चीनको सहयोगी राष्ट्र बन्नेअनुमान गरिएको प्रतिवेदनहरू सार्वजनिक भएका छन् । चीनबाट म्यानमारको जन्टालाई ठूलो संख्यामा हतियार बिक्री, साथै मिडिया, शैक्षिक साहित्य र पुस्तकहरूमा म्यानमारमा चिनियाँ सैन्य अड्डाहरूको सन्दर्भले मात्र यो धारणालाई बढावा दियो । चीनका यी कार्यहरूले क्षेत्रीय तनाव बढाउन र हिन्द महासागर क्षेत्रको स्थायित्वलाई खतरामा पार्न मात्र काम गर्छ ।

चीन, म्यानमार र श्रीलंकाले यी सम्बन्धहरूको महत्व र संलग्नताको बाबजुद पनि क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो विकासशील सम्बन्धहरूको विस्तृत जानकारी प्रदान गर्न असफल भएका छन् । यसबाहेक, प्रजातन्त्र पुनस्र्थापना गर्न र उनीहरूको समग्र असुरक्षाको भावनालाई विदेशी सैन्य हस्तक्षेपको स्पष्ट डरभन्दा बाहिर म्यानमारको जन्टाको रणनीतिक अभिप्रायको बारेमा थोरै बुझाइ छ ।

यो सम्बन्धले विश्वव्यापी व्यवस्थालाई गलत सन्देश पठाइएको छ । यदि चीनसँग लुकाउन केहि छैन भने, चीनले म्यानमार र श्रीलंकासँगको सम्बन्ध किन सार्वजनिक रूपमा खुलासा गर्न सक्दैन? भारतलाई विश्वासघाती चीनविरुद्ध आफ्नो रक्षा गर्ने अधिकार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका