जोडिनुहोस
  • होमपेज
  • बेलायतमा राजतन्त्र विरोधी प्रदर्शन, ५० बढी पक्राउ

बेलायतमा राजतन्त्र विरोधी प्रदर्शन, ५० बढी पक्राउ

लन्डन । बेलायतमा राजतन्त्र विरोधी प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । शनिवार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह चलिरहेको बखतमा उक्त प्रदर्शन गरेको आरोपमा ५० भन्दा बढी पक्राउ परेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको अनुसार बेलायती राजतन्त्रको विरुद्धमा प्रदर्शन गर्ने विरोधी समूहका नेतासहित ५० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरुले राज्याभिषेक समारोह चलिरहेको बखतमा मध्य लन्डनको ट्राफलगर स्ववायर लगायतका स्थानमा बेलायती राजसंस्था विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

राजतन्त्र विरोधी अभियानका विरोधी नेता ग्राहम स्मिथसहित ५० जना बढीलाई पक्राउ पर्नु अघि प्रदर्शनकारीहरुले ‘नट माई किङ’ जस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए । उनीहरुले टिसर्टमा राजतन्त्र विरोधी नारा लेखेर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सो प्रदर्शन त्यही बेला गरिरहेका थिए, जुन बेला राजा चार्ल्स तृतीयाको लन्डनमा भव्य राज्याभिषेक समारोह चलिरहेको थियो ।

यसरी पक्राउ परेका माथि सार्वजनिक व्यवस्था उल्लङ्घन तथा शान्ति भङ्गको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका