जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन, फायर नै खोल्नुपर्छ : महामन्त्री शर्मा

भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन, फायर नै खोल्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले भ्रष्टाचारविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताए । ‘यहीँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने अपिल र आग्रह गर्न चाहन्छु’ उनले भने, ‘भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।’

भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा ‘निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्न’ भन्ने दृष्टिकोण लिनुपर्ने शर्माले बताए ।

सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन ऐन र सरकारले ल्याएका नीतिमा विरोधाभास रहेको पनि शर्माले बताए । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति रहेको कुरालाई कार्यान्वयनमा लिनुपर्ने बताए ।

पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको कुरालाई निष्कर्षमा पुर्‍याउनुपर्ने पनि उनको आग्रह थियो । भ्रष्टाचारको छानबिनका लागि राज्यले कुनै पनि हदम्याद राख्न नहुने शर्माको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका