जोडिनुहोस

सन्दीपको वरीयता यथावत

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) तर्फको बलिङ वरीयता यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप १९ औं स्थानमा कायम रहेका छन्।

बलिङ तर्फ नै सोमपाल कामी ६७ औं स्थानमा यथावत रहँदा दीपेन्द्र सिंह ऐरी ५५ औं स्थानमा कायमै रहेका छन्।

अर्का तीव्र गति बलर करण केसी ९० औं स्थानमा यथावत रहेका छन् । ब्याटिङ तर्फ भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ६७ औं स्थानमा यथावत रहेका छन् ।

ब्याटिङ तर्फ नै ओपनर ब्याटर आसिफ शेख ७४ औं स्थानमा कायमै रहेका छन् ।

नेपाल भने १४ औं स्थानमा कायमै रहेको छ । नेपाल भन्दा पछाडी नेदरल्यान्ड्स,ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् ।

अष्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहँदा पाकिस्तान दोस्रो, भारत तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका