जोडिनुहोस
  • होमपेज
  • पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन

पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन

काठमाडौँ । पोलियो विरुद्धको खोप (एफ.आई.पी.भी)को नियमित मात्रा लगाउने तालिका परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचनामार्फत पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएको हो ।

एफ.आई.पी.भी खोप अब तालिका परिवर्तित गरी १४ हप्ता र ९ महिनामा गरी २ मात्रा लगाइने भएको छ । यसअघि यो खोप ६ र १४ हप्तामा गरी २ दुई मात्रा दिने गरिएको थियो ।

यस्तै, परिवर्तित तालिका अनुसार एक वर्षको उमेर भित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेरभित्र पनि सम्पूर्ण बालबालिकाले लगाउन सक्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका