जोडिनुहोस

खेलकुद

सिटीले चेल्सीलाई हरायो

सिटीले चेल्सीलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले हराएको हो ।सिटीको जितमा जुलियन अल्भारेजले निर्णायक गोल गरे ।

अल्भारेजले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । खेलको ७१ औं मिनेटमा अल्भारेजले गरेको दोस्रो गोलले भने मान्यता पाएन ।

गोलअघिको फाउलको कारण भीएआरले उनको गोललाई मान्यता नदिएको हो ।यस जितसँगै सिटीले ३६ खेलमा ८८ अंक जोडेको छ ।

सिटीले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । चेल्सी ४३ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै वेस्ट ह्यामले लिड्स युनाईटेडलाई ३-१ ले हराएको छ ।ब्राइटनले पनि साउथह्याम्पटनलाई ३-१ ले नै हराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका