जोडिनुहोस
  • होमपेज
  • बझाङको हिउँ पहिरोमा बेपत्ता भएका २ जनाको शव फेला

बझाङको हिउँ पहिरोमा बेपत्ता भएका २ जनाको शव फेला

बझाङ । यार्सा सङ्कलन गर्ने क्रममा बझाङमा गएको हिउँ पहिरोमा परी बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।

आइतबार माथिबाट आएको हिउँ पहिरोमा परी जय पृथ्वी नगरपालिका ११ घर भएका वर्ष १८का रमिता धामी र वर्ष १४ का जामती धामी बेपत्ता भएका थिए ।

आज बिहान उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा गएको हिउँ पहिरोमा परी सोही गाउँपालिका वडा नम्बर ३ की ३८ वर्षिया रामकोइला देवी बोहराको हिजो नै शव फेला परेको थियो ।

यस्तै घटनामा सुर्मा गाउँपालिका ३ बाबजी बोहरा र जय पृथ्वी नगरपालिका ११ घर भएका आकाश धामी घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका