जोडिनुहोस
  • होमपेज
  • विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा

विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा

काठमाडौं । आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी विश्वकप छनोटको समूह विभाजन भएको छ ।

आइसीसीले सोमबार समूह विभाजन गरेको हो । प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह विभाजन अनुसार समूह ए मा नेपाल सहित वेस्ट इन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । उता , समूह बी मा ओमान,आयरल्यान्ड,श्रीलंका,स्कटल्याण्ड र युएई रहेका छन् ।

समूह चरणमा प्रत्येक राष्ट्रले चार खेल खेल्नेछन् । समूह चरणबाट आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् ।

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड,दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।

The Road to India 2023 via the Cricket World Cup Qualifer

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका