जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारीमा साउदी जान एसईई पास अनिवार्य

वैदेशिक रोजगारीमा साउदी जान एसईई पास अनिवार्य

काठमाडौं । नेपालबाट साउदी अरबमा काम गर्न जाने कामदारहरुले एसर्ईई पास अनिवार्य भएको छ ।

साउदी सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभाग र साउदी दूतावासबाट एसईई उत्तीर्ण प्रमाणपत्र प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था गरेको हो । साउदी सरकारका अनुसार शैक्षिक प्रमाणपत्रअन्तर्गत एसइई अनिवार्य नभएकाले अब साउदीमा रोजगारीका लागि जान नपाउने भएका छन् ।

तर वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सीप सिकेका वा काम जानेका कामदारको शैक्षिक योग्यता निर्धारण गर्न आवश्यक नभएको बताएका छन् ।

‘नेपाली कामदारले सीप सिकेका छन् र उनीहरु साउदीमा काम गर्न जान्छन् भने शैक्षिक योग्यता तोक्न हुँदैन । साउदीले शैक्षिक योग्यता नै तोकेर कामदार लैजाने हो भने हामी कुनै किसिमको पनि कामदार साउदीलाई पठाउँदैनौं ।’

साउदीको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्ने व्यवस्थाले श्रमिक पठाउन नसक्ने अवस्थाा सिर्जना हुने उनको भनाइ छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका