जोडिनुहोस
  • होमपेज
  • लौरो टेकेर सिआईबी कार्यालय पुगेका पूर्वमन्त्री जोशीलाई बयान नै नलिई फर्काइयो

लौरो टेकेर सिआईबी कार्यालय पुगेका पूर्वमन्त्री जोशीलाई बयान नै नलिई फर्काइयो

काठमाडौं । पूर्वमन्त्री चन्द्रदेव जोशी सोमबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) कार्यालय पुगे । लौरोको सहारामा हिँड्डुल गर्ने जोशी बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा बयान दिन सिआईबी कार्यालय पुगेका थिए । तर उनलाई बयान नै नलिई फिर्ता पठाइएको छ ।

यो कुरा जोशी आफैंले ट्विटरमार्फत जानकारी गराएका हुन् । आइतबार मध्यराति पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको निवासमै पुगेर बयान कागज गराएको सिआईबीले जोशीलाई भने कार्यालयमा बोलाएको थियो । तर सिआईबी कार्यालय पुगेका उनलाई अहिले नआउनु भनेर फिर्ता पठाइएको जोशीले बताएका छन् ।

‘पहिलोपटक सिआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरि अहिले नआउनु भनी खबर आयो । आज फेरि बोलाएबमोजिम सवा १ बजे सिआइबी कार्यालय पुगेको थिएँ । तर बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन,’ जोशीले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका