जोडिनुहोस
  • होमपेज
  • लघु उद्यम विकास कार्यक्रमलाई १ अर्ब बजेट

लघु उद्यम विकास कार्यक्रमलाई १ अर्ब बजेट

काठमाडौं । सरकारले लघु उद्यम विकास कार्यक्रमलाई १ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो बजेट विनियोजन गरेको हो ।

यस्तै, सिमेन्टको उत्पादन क्षमताअनुसार बजार सृजना गर्ने लक्ष्यसहित ओरालो सडकलाई ढलान गर्ने नीति सरकारले लिएको छ । यस्तै, सरकारले आगामी आर्थिक वर्षदेखि दक्ष जनशक्ती उत्पादन गर्ने लक्ष्य समेत लिएको अर्थमन्त्री डा। प्रकाशसरण महतले घोषणा गरे ।

धौवादी फलाम खानीको आवश्यक अध्ययन गरेर आगामी वर्षदेखि उत्खनन् सुरु गर्ने योजना समेत बजेटमा समेटिएको छ । यस्तै, देशका अन्य स्थानमा खानीयोग्य स्रोत र साधनको उत्खनन् समेत अघि बढाइने सरकारको घोषणा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?