जोडिनुहोस
  • होमपेज
  • अत्यधिक गर्मीका कारण मोरङ-सुनसरीका विद्यालय बन्द

अत्यधिक गर्मीका कारण मोरङ-सुनसरीका विद्यालय बन्द

विराटनगर । केही दिनयता अत्यधिक कर्मी बढेपछि विराटनगर र सुनसरीमा विद्यालयहरू बन्द गरिएका छन् । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो थियो ।

सुनसरी सदरमुकाम इनरुवासहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।

इनरुवा नगरपालिकाले बिहीबारदेखि २४ गते बुधबारसम्मका बिदा दिएको मेयर केदार भण्डारीले बताए । गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उनले बताए ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिए । त्यहाँ १८ गतेदेखि २३ गते मंगलबारसम्म बिदा दिइएको छ ।

इटहरी उपमहानगरले आज र भोलि बिदा दिने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले बताए ।

त्यस्तै विराटनगर उपमहानगरपालिकाकाले गर्मीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना बढेको भन्दै आज र भोलि महानगरपालिका क्षेत्रका सबै सार्वजनिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । पूर्वनिर्धारित परीक्षा भने यथावत् रूपमा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका