जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीले भने- राष्ट्रिय हित र नेपाल-भारत सम्बन्धका दृष्टिले भारत भ्रमण सफल

प्रधानमन्त्रीले भने- राष्ट्रिय हित र नेपाल-भारत सम्बन्धका दृष्टिले भारत भ्रमण सफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाल-भारत सम्बन्धका दृष्टिले भारत भ्रमण निकै महत्त्वपूर्ण भएको बताएका छन् ।

भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भ्रमण सफल भएको बताए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीको रूपमा मेरो चौंथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको छ । न्यानो आतिथ्य र महत्त्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गर्दछु ।

उनले न्यानो आतिथ्य र महत्वपूर्ण समझदारीका लागि भारतीय समकक्षी मोदी र भारत सरकारलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका