जोडिनुहोस
  • होमपेज
  • किर्गिस्तानसँग खेल्दै नेपाल

किर्गिस्तानसँग खेल्दै नेपाल

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पाँचौं खेलमा नेपालले आज शुक्रबार किर्गिस्तानको ‘बी’ टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले आयोजक टोलीको ‘बी’ टिमसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । नेपालले अघिल्ला ४ खेलमा हार व्यहोरेको थियो ।

नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो । यस्तै तेस्रो खेलमा इरानसँग पराजित भएको नेपालले चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ । नेपालले अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका