जोडिनुहोस
  • होमपेज
  • ६ प्रतिशत आर्थिक वृद्धिदर सम्भव छैन : केपी ओली

६ प्रतिशत आर्थिक वृद्धिदर सम्भव छैन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले धेरै कुरामा सुधार गर्न जरुरी रहेको भन्दै भने, ‘अर्थमन्त्रीज्यू तपाईँले भनेजस्तो ६ प्रतिशत आर्थिक वृद्धि दर हासिल हुनेवाला छैन । बिल्कुल हुनेवाला छैन ।’

आर्थिक वृद्धिदर भवितव्यमा भइहाल्ने कुरा नभएको पनि ओलीको भनाइ छ । अध्यक्ष ओलीले बजेट प्रस्तुति नै अशुद्ध हुने र बिचौलिया पस्ने अवस्था रहेको भन्दै यस्ता कुराहरू नियन्त्रण गर्नुपर्ने बताए । उनले कोको बसेर बजेट बनाउन पाइने र नपाइने भनेर आफ्नै नेतृत्वको सरकारले गरेको भन्दै ओलीले तर पछि निषेध गरिएका मान्छेहरू प्रवेश गरेको सुन्दा दुख लागेको बताए ।

‘अर्थमन्त्रीको विरोध गरेको होइन,अर्थतन्त्रको बेहाल भइरहेको छ त्यसप्रति आशु बगाएको हो, जनताको दुखप्रति सजग गराएको हो’, ओलीले भने, ‘एउटा मान्छे छ नियुक्ति गरिएको छ । कसले किन गर्‍यो ? ’ राष्ट्रपतिले १० जना मान्छे नियुक्त गरे पनि उनीहरू घाम तापेर बस्ने गरेको यता अर्थ मन्त्रालयमा टाइप गर्ने मान्छे अभाव भइरहेको ओलीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका