जोडिनुहोस
  • होमपेज
  • बंगालको खाडीमा बिपारजोय आँधीसँगै आगामी ४८ घन्टाभित्र नेपालमा मनसुन प्रवेश गर्ने

बंगालको खाडीमा बिपारजोय आँधीसँगै आगामी ४८ घन्टाभित्र नेपालमा मनसुन प्रवेश गर्ने

काठमाडौं । नेपालमा प्रत्येक वर्षको जुन १० देनि सेप्टेम्बर २५ सम्मको चार महिना मनसुनको समय कायम रहने गर्छ । यस अवधिमा देशका विभिन्न स्थानमा पानी परिरहेको हुन्छ ।

नेपालमा मनसुनमा वर्षा गराउने मुख्य योगदान बंगालको खाडीमा उत्पत्ति हुने वायुलाई मानिन्छ । आज जुन ११ भइसक्यो । विगतमा यतिखेर देशका विभिन्न स्थानमा पानी परिरहेको हुन्थ्यो । तर यस वर्ष अत्यधिक गर्मी बढेको छ । गर्मीले यो वर्ष विभिन्न ठाउँमा रेकर्ड नै राखेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको २४ देखि ४८ घन्टाभित्र नेपालमा मनसुन प्रवेश गर्ने चिसो महसुस हुने प्रक्षेपण गरेको छ ।

त्यसमाथि हिन्द महासागरमा बिपारजोय आँधीसँगै अर्को प्रेसर जोन पनि सिर्जना भइरहेकाले आगामी २४ देखि ४८ घण्टाभित्र नेपालमा मनसुन प्रवेश गर्ने मौसमविद्हरूले बताएका छन् । शनिबारको भन्दा काठमाडौं उपत्यकामा आइतबार बिहानदेखि केही चिसो अनुमान गरिएको छ । अहिले तराईसहित देशका पहाडी भेगमा अत्यधिक गर्मी बढेकाले खेतीपातीमा असर पुगेको छ । खासगरी अहिले धान रोपाइँ सुरु भइसक्नेमा अझै पानी नपरेकाले बीउ जोगाउन किसानलाई हम्मे हम्मे परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका