जोडिनुहोस
  • होमपेज
  • नेप्से करिब ७.७९ अंकले बढ्दा २ अर्ब ८९ करोडको कारोबार

नेप्से करिब ७.७९ अंकले बढ्दा २ अर्ब ८९ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ७.७९ अंकले वृद्धि हुँदा १९८७.८७ बिन्दुमा बन्द भएको छ । गत साताको मंगलबारदेखि पछिल्लो पाँच कारोबार दिनमा लगातार वृद्धि हुँदा नेप्से ८५.८८ अंकको वृद्धि भएको छ ।

अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित होटल तथा पर्यटन, उत्पादनमूलक लगायतका उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । सोमबार बैंकिङ उपसूचक ०.२५ प्रतिशतले वृद्धि भएको छ भने उत्पादनमूलक उपसूचक २.०५ प्रतिशतले बढेको छ । यता वित्त कम्पनी उपसूचक ०.९६ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक ०.५० प्रतिशतले गिरावट छ ।

सोमबार समेत लगातार चौथो कारोबार दिन पनि नेप्सेमा वृद्धि भएको हो । लगातार बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नेप्सेमा तिव्र उतारचढाव देखिए पनि अन्तिममा बढेर बन्द भएको हो । नेप्सेको उतारचढवले कारोबार रकम करिब ३ अर्ब नजिक पुगेको छ ।

आइतबार ३ अर्ब ४५ करोडको कारोबार रकम भएको बजारमा सोमबार केही संकुचित भएको भएपनि करिब ३ अर्बको कारोबार भएको हो । सोमबार नेप्सेमा ४९ हजार ९४४ वटा कारोबारमा कुल ७४ लाख ५४ हजार ७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ८८ करोड ६५ लाखको कारोबार भएको छ । जसमध्ये सोल्टी होटलको सेयर सर्वाधिक १५ करोड २९ लाखको कारोबार हुँदा हिमालय डिष्टिलरीको १० करोड ११ लाख र शिवश्री हाइड्रोपावरको ९ करोड ५८ लाखको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ८९ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ । सोमबार कारोबार भएकामध्ये अभियान लघुवित्त र कालिञ्चोक दर्शनको सेयरमूल्य १० प्रतिशत तथा भूगोल इनर्जी डेभलपमेन्ट र सिटी होटलको सेयरमूल्य ९.९९ प्रतिशत बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो ।

यता प्रभु स्मार्ट फण्डको इकाइमूल्य १० प्रतिशतले गिरावट हुँदा सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ३.९० प्रतिशत र युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयरमूल्य ३.८० प्रतिशतले गिरावट भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका