जोडिनुहोस
  • होमपेज
  • सीता दाहालको नर्भिकमा परीक्षण हुँदै, स्वास्थ्य अवस्था जटिल

सीता दाहालको नर्भिकमा परीक्षण हुँदै, स्वास्थ्य अवस्था जटिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको छ । उनलाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार सीता दाहालको नियमित स्वास्थ्य परीक्षणका लागि उनलाई थापाथली नर्भिक लगिएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा।डा।युवराज शर्मा तथा नर्भिक हस्पिटलका वरिष्ठ डाक्टरहरुले उनको स्वास्थ्य परीक्षण गरिरहेका छन् । मल्लले प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो नियमित स्वास्थ्य जाँच गराएको जानकारी दिए ।

लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो । उनको स्वास्थ्य अवस्था जटिल रहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।

यसअघि उनको उपचार अमोरिका, सिंगापुर, भारतमा गरिएको थियो । तर कहीँ पनि उपचार हुन नसकेपछि नेपालकै अस्पतालमा उपचार भइरहेको छ । छोरा प्रकाश दाहालको निधन भएलगत्तै विक्षिप्त बनेकी सीता त्यसयता विरामीले थलिएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका