जोडिनुहोस
  • होमपेज
  • छात्रवृत्ति विवरण नबुझाउने सय वटा विद्यालयलाई स्पष्टीकरण सोध्ने तयारी, चित्तबुझ्दो जवाफ नआए सम्बन्धन खारेज

छात्रवृत्ति विवरण नबुझाउने सय वटा विद्यालयलाई स्पष्टीकरण सोध्ने तयारी, चित्तबुझ्दो जवाफ नआए सम्बन्धन खारेज

काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालित सय वटा संस्थागत विद्यालयले छात्रवृत्ति विवरण नबुझाएपछि ती विद्यालयलाई कामपाले लिखित स्पष्टीकरण सोध्ने तयारी गरेको छ । कामपाले पाँच दिनको म्याद दिएर यही २३ गते छात्रवृत्ति विवरण बुझाउन सूचना जारी गरेको थियो ।

महानगरको सूचनाअनुसार अस्ति आइतबार ५ दिने म्याद सकिएको थियो । म्याद सकिएको भोलिपल्ट हिजो विवरण बुझाउने विद्यालयको संख्या गणना गरेको थियो । ‘कामपाभित्र ५ सय ४ विद्यालय छन् तीमध्ये अझै सय वटाले विवरण बुझाएका छैनन्,’ कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले भने ।

उनका अनुसार ३ सय ४२ मध्ये एक सयले विवरण बुझाएका छैनन् । विवरण नबुझाउने विद्यालयमाथि महानगरले कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । ‘पहिलो चरणमा छात्रवृत्ति विवरण नबुझाउने तपाइको विद्यालयलाई किन कारबाही नगर्ने बेहोराको पत्र बुझाउनेछौं, चित्तबुझ्दो उत्तर नआएमा सम्बन्धन खारेजी प्रक्रियामा जानेछौं,’विभाग प्रमुख कोइरालाले भने । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका