जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचारी आफ्नै पार्टीका नेता भएपनि छोड्दिन – गृहमन्त्री

भ्रष्टाचारी आफ्नै पार्टीका नेता भएपनि छोड्दिन – गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै पार्टी माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । आज (बुधबार) पार्टी कार्यालयमा आयोजित डि आर शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै उनले माओवादीलाई शक्तिशाली र जनताको पार्टी बनाउन पुनिर्माण गर्नुर्पो बतानएका हुन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले अब बस्ने केन्द्रीय समिति बैठकले पार्टी पुनर्निर्माणको निर्णय गर्ने बताए । अब पार्टीमा कसैलाई काखा र पाखा नगरिने भन्दै श्रेष्ठले साझा पार्टी बनाउने अभियानमा खट्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

सरकारले अब भ्रष्टाचारी कसैलाई नछोड्ने भन्दै उनले आफ्नै पार्टीका नेता कार्यकर्ता भए पनि कानुनी कठघरामा उभ्याइने दाबी गरे । सरकारलाई असफल बनाउन चौतर्फी षडयन्त्र भएको भन्दै उनले षडयन्त्र चिर्दै सरकारलाई सफल बनाएरै छाड्ने प्रण गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका