जोडिनुहोस
  • होमपेज
  • एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व

एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० पूरा हुन एक महिना मात्र बाँकी रहँदा सरकारले लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्त पूरा हुँदासम्म आठ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले सुरुमा १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । जेठसम्म सङ्कलित राजस्व सुरु लक्ष्यको ५९।६४ प्रतिशत मात्र हुन आउँछ । घट्दो आयात तथा आर्थिक गतिविधिका कारण चालु आर्थिक वर्षको सुरुदेखि नै सरकार राजस्व सङ्कलनको सङ्कुचनको अवस्थामा छ ।

जसका कारण अहिलेसम्म सरकारले दुई पटक सङ्कलनको लक्ष्य संशोधन गरिसकेको छ । आर्थिक गतिविधिमा उल्लेख्य सुधार नहुँदा पछिल्लो संशोधन पनि पूरा गर्न मुस्किल हुने विश्लेषण हुन थालेको छ । जेठसम्मको कुल राजस्व सङ्कलनमध्ये सात खर्ब ५९ अर्ब रुपैयाँ कर राजस्वको हिस्सा रहेको छ भने बाँकी ७७ अर्ब ८५ करोड रुपैयाँ गैरकर राजस्व रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका