जोडिनुहोस
  • होमपेज
  • खेलकुदः युरो छनौटमा पोर्चुगलको लगातार तेस्रो जित

खेलकुदः युरो छनौटमा पोर्चुगलको लगातार तेस्रो जित

काठमाडौँ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नानडेजले दुई गोल गरेका थिए भने बेर्नानडो सिल्भाले एक गोल गरेका थिए ।

यस खेलमा क्रिस्टियानो रोनाल्डो आफ्नो १९९ अन्तर्राष्ट्रिय खेलेपनि गोल भने गर्न सकेनन् । रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म १२२ गोल गर्दै सबैभन्दा बढी गोलको किर्तिमान आफ्नो नाममा राखिरहेका छन् ।

यो जितपछि पोर्चुगलको समुह जे मा ३ खेलमा ९ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै बोस्नियाको ३ खेलमा ३ अंक रहेको छ र समुहमा चौथो स्थानमा रहेको छ ।

यसै समुह अन्तर्गत गएराती सम्पन्न अर्को खेलमा स्लोभाकियाले आइसल्याण्डलाई २(१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि स्लोभाकियाको ३ खेलमा ७ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै आइसल्याण्डको भने ३ खेलमा ३ अंक छ र समुहमा पाँचौं स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका