जोडिनुहोस
  • होमपेज
  • सरकारी अस्पतालले नै स्वास्थ्य बीमालाई धरासायी बनाउँदैछन् : तोसिमा कार्की

सरकारी अस्पतालले नै स्वास्थ्य बीमालाई धरासायी बनाउँदैछन् : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रमलाई धरासायी बनाउन सरकारी संस्थाले नीतिगत रुपमै ठगी गर्दै आएको बताएकी छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रले डायलाइसिस गराइरहेका बिमितसँग अत्यधिक रकम असुल गरेको आरोप लगाइन् ।

‘निकै लाजमर्दो विषय उठान गर्दैछु । राज्यको ठगीको नमुना छ । मसँग शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रको एउटा बिल छ । यो डायलासिस गराइरहेका बिरामीको बिल हो’, डा. कार्कीले भनिन् ,‘यसमा इपोफिट नामक औषधिको बिक्री मूल्य १४०५ रुपैयाँ छ । यसको खाली खोल पनि मसँग छ जसमा अधिकतम खुद्रा मूल्य ५ सय भारू अर्थात नेपाली ८ सय पर्न आउँछ ।’

उक्त औषधिमा ७५ प्रतिशत बढी नाफा खाएको भन्दै यसरी गरिब नागरिकलाई राज्यले ठगी गरेको बताएकी छिन् ।

‘२० प्रतिशत अधिकतम पाउनेमा यहाँ ७५ प्रतिशत बढी छ । मेरो प्रश्न छ राज्यले कति नाफा खाएसम्म यो कालोबजारी नमानिने हो या कालोबजारी मानिने हो ? यसरी संस्थागत रुपमै नागरिकलाई स्वास्थ्य बीमाबाट भुक्तानी हुन्छ भन्दैमा नागरिकलाई ठग्न मिल्छ ?’ उनले प्रश्न गरेकी छिन् ।

‘हप्ताको तीन पटकसम्म डायलासिस गराउनुपर्ने नागरिकलाई, गरिबलाई राज्यले नै यसरी लुट्ने ? हाम्रो इमान धर्म कता जाँदैछ ? स्वास्थ्य बीमा जस्तो महत्वपूर्ण सार्वजनिक विषयको कार्यक्रमलाई धरासायी बनाउन निजी मात्रै होइन सरकारी संस्थाको नीतिगत ठगी पनि जिम्मेवार छ । यस्ता ठगीलाई तत्काल कारबाही गरियोस्,’ डा. कार्कीले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका