जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको लुईस सेन्ट गोलीकाण्डमा १७ वर्षीय किशोर पक्राउ

अमेरिकाको लुईस सेन्ट गोलीकाण्डमा १७ वर्षीय किशोर पक्राउ

वाशिंगटन । अमेरिकाको सेन्ट लुइसमा आइतबार भएको गोलीकाण्डमा एक किशोरको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

सेन्ट लुइसको एउटा भवनमा पार्टी आयोजना गरिएको थियो । पार्टी चलिरहेको बेला करिब एक बजे गोली चलेको थियो । मेयर टिशौरा जोन्सका अनुसार गोली लागेर १७ वर्षीय बालकको मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यसैबीच, प्रहरी प्रमुख रोबर्ट ट्रेसीले आइतबार पत्रकार सम्मेलनमा भने कि यस मामिलामा १७ वर्षीय किशोरलाई हिरासतमा राखिएको छ।

घाइतेहरुको उमेर १५ देखि १९ वर्षको बीचमा रहेको छ । गोली चल्दा भागदौडमा एक महिलाको मेरुदण्डमा गम्भीर चोट लागेको उनले बताए । प्रहरीले घटनास्थलबाट एआर–१५ स्टाइलको राइफल र एक थान पेस्तोलसहित केही हतियार बरामद गरेको छ । अहिले पार्टी कसले दियो भन्ने अनुसन्धान भइरहेको जनाईएको छ ।

मेयर जोन्सले अमेरिकामा गोलीकाण्डका घटना सामान्य बन्दै गएको बताए । उनका अनुसार अमेरिकामा दिनहुँजसो गोलीकाण्डका घटना भइरहेका छन् । जसका कारण मानिसहरु सुरक्षित महसुस गर्दैनन् । यसलाई नियन्त्रण गर्नका लागि ठुलै पहलकदमी जरुरी रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका