जोडिनुहोस
  • होमपेज
  • वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो

वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो

वाणिज्य बैंकहरूले फागुन महिनाको ब्याजदर पनि घटाएका छन् । लगानीयोग्य रकम बढ्दै गएपछि बैंकहरुले साउनदेखि नै ब्याजदर घटाउँदै आएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकले ब्याजदर घटाएका छन् । फागुन महिनाका लागि सबैभन्दा धेरै सिटिजन्स बैंकले ब्याजदर घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९ दशमलव १५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ ।

फागुनको लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६ दशमलव ४४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ दशमलव ३५ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, फागुनको लागि प्राइम कमर्सियल बैंकको ७ दशमलव ४ प्रतिशत, नेपाल बैंकको ७ दशमलव २५ प्रतिशत, सानिमा बैंकको ७ दशमलव ५१ प्रतिशत र प्रभु बैंकको ७ प्रतिशत ब्याजदर तोकिएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको अधिकतम ८ प्रतिशत, एनएमबी बैंकको ८ दशमलव ५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ७ दशमलव ६ प्रतिशत, नबिल बैंकको ७ दशमलव ७६ प्रतिशत, नेपाल एसबीआई बैंकको ८ दशमलव १ प्रतिशत, कुमारी बैंकको ८ दशमलव ०१ प्रतिशत तथा एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकको ८ प्रतिशत ब्याजदर छ ।

फागुनको लागि लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेष्ट बैंकले माघकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । अहिले बैंकमा निक्षेप अनुसार कर्जा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको छ ।

फागुनमा कुन बैंकको ब्याजदर कति ?

कृषि विकास बैंक – ६ दशमलव ४४ प्रतिशत

राष्ट्रिय वाणिज्य बैंक –  ७ दशमलव ३५ प्रतिशत

स्ट्याण्डर्ड चार्टर्ड बैंक –  ७ दशमलव ३५ प्रतिशत

प्राइम कमर्सियल बैंक – ७ दशमलव ४ प्रतिशत

नेपाल बैंक – ७ दशमलव २५ प्रतिशत

सानिमा बैंक – ७ दशमलव ५१ प्रतिशत

प्रभु बैंक – ७ प्रतिशत

नेपाल इन्भेस्टमेन्ट बैंक – ८ प्रतिशत

एनएमबी बैंक – ८ दशमलव ५ प्रतिशत

ग्लोबल आईएमई बैंक – ७ दशमलव ६ प्रतिशत

नबिल बैंक – ७ दशमलव ७६ प्रतिशत

नेपाल एसबीआई बैंक – ८ दशमलव १ प्रतिशत

कुमारी बैंक – ८ दशमलव ०१ प्रतिशत

एनआइसी एशिया बैंक – ८ प्रतिशत

हिमालयन बैंक – ८ दशमलव १५ प्रतिशत

लक्ष्मी सनराइज बैंक – ८ प्रतिशत

माछापुच्छ्रे बैंक – ८ प्रतिशत

एभरेष्ट बैंक – ८ प्रतिशत

सिद्धार्थ बैंक – ८ प्रतिशत

सिटिजन्स बैंक – ८ दशमलव २५ प्रतिशत

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका