जोडिनुहोस
  • होमपेज
  • इन्धनको मूल्य घटेपछि हवाई भाडा घटाउँदै प्राधिकरण

इन्धनको मूल्य घटेपछि हवाई भाडा घटाउँदै प्राधिकरण

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै एयरलाइन्स अपरेटरहरू हवाई भाडा घटाउने तयारीमा जुटेका छन् । हिजो राति १२ बजेदेखि लागु हुने गरेर नेपाल आयल निगमले आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाएको थियो ।

यससँगै, नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स अपरेटर्सहरुले हवाई भाडा घटाउने भएका हुन् । प्राधिकरणका प्रवक्ता जगन्नताथ निरौलाले आज दिउँसो बस्ने बैठकले हवाई भाडा घटाउने जानकारी दिए ।

निगमले आन्तरिकतर्फ १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँले हवाई इन्धनको मूल्य घटाएको थियो । यससँगै, इन्धनको घटबढका आधारमा हुने हवाई भाडा घटबढको सूत्रअनुसार भाडा घट्ने निरौलाको भनाई छ ।

प्राधिकरणको सुझावअनुसार हवाई अपरेटर्सहरुले भाडा घटाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका