जोडिनुहोस
  • होमपेज
  • बालुवाटारमा प्रधानमन्त्री र देउवाबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री र देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल भएको छ ।

आज बिहान बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको बताइएको छ । साथै, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।

प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन न्याय र मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका