जोडिनुहोस
  • होमपेज
  • प्रचण्डसमक्ष तीन प्रदेशको रिपोर्टिङ–अभियान उत्साहजनक छ

प्रचण्डसमक्ष तीन प्रदेशको रिपोर्टिङ–अभियान उत्साहजनक छ

जनतासँग माओवादी विशेष अभियान अन्तर्गत बागमती प्रदेशले अहिलेसम्म भएका कार्यप्रगतिबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष रिपोर्टिङ गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त बैठकमा कार्यप्रगति सम्बन्धमा संक्षिप्त जानकारी गराइएका थिए ।

अध्यक्ष प्रचण्डको उपस्थितिमा बसेको बैठकमा सम्पर्क समन्वय प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा र उपत्यका प्रदेशका इन्चार्ज वर्षमान पुन सहभागी थिए । तीन वटै प्रदेशका इन्चार्जले अहिलेसम्म भएका गतिविधिबारे अध्यक्षलाई जानकारी गराइएको सम्पर्क समन्वय प्रदेशका इन्चार्ज पोखरेलले जानकारी दिए ।

‘बैठकमा अध्यक्षज्यूले देशभर भइरहेका अभियानको गतिविधिबारे संक्षिप्त जानकारी गराउनुभयो । हामीले पनि आ–आफ्नो प्रदेशका स्थितिबारे उहाँसमक्ष जानकारी गरायौँ । अहिलेसम्मको स्थिति हेर्दा अभियान सफल भएको छ । यसले पार्टी बलियो बनाउन मद्दत गरेको छ । समग्रमा अभियान सन्तोषजनक रहेको हामी सबैलाई अनुभूति भएको छ’, रातोपाटीसँग पोखरेलले भने ।

संयुक्त बैठकमा बागमती प्रदेशमा अभियानले पारेको प्रभाव, सङ्गठनात्मक स्थिति र जनपरिचालन गर्ने सम्बन्धमा समीक्षा भएको उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका