जोडिनुहोस
  • होमपेज
  • भारतमा ५ जनाको बीभत्स हत्या गरेपछि आफैँलाई गोली हाने एक युवकले

भारतमा ५ जनाको बीभत्स हत्या गरेपछि  आफैँलाई गोली हाने एक युवकले

उत्तर प्रदेश । भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदय विदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको बीभत्स हत्या गरिएको छ ।

आफ्नो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती व्यक्तिले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बन्चरो प्रहार गरेर हत्या गरेका थिए ।

जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जनाको हत्या गरेका हुन् । उनले माइजू र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका