जोडिनुहोस
  • होमपेज
  • विदेशीको अबैध धन्दा गर्ने थलो बन्दै नेपाल, १ हजार ४ सय विदेशी कारागारमा

विदेशीको अबैध धन्दा गर्ने थलो बन्दै नेपाल, १ हजार ४ सय विदेशी कारागारमा

अविशेक सुनार

विभिन्न उद्धेश्यले भित्रिने विदेशीले नेपाललाई अपराधको अखडा बनाएका छन् । घुमघाम तथा व्यवसायिक प्रयोजनको बहानामा नेपाल भित्रिएर अपराधिक गतिविधि गर्ने विदेशीहरुको संख्या नेपालमा बढ्न थालेको हो । नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो ५ वर्षको अवधिमा ३ सय ३२ जना विदेशी विभिन्न अभियोगमा पक्राउ परेका छन् । जसमा ज्यान मार्ने उद्योग, मानव बेचबिखन, संगठित अपराध, लागुऔषध कारोबार तथा अन्य गम्भिर अपराधमा विदेशीहरु संलग्न रहेको पाईएको छ ।

भिजिट भिसाको अवरणमा आउने विदेशीहरु यस्ता अपराधमा संलग्न रहेको पाईएको छ । भिजिट भिसामा आएर म्याद सकिदा सम्म बस्ने, राहदानी लुगाउने लगायतका बहानाबाजी गरी उनीहरु नेपालमा बस्ने गरेका छन् । यसरी बस्ने ३ हजार ५ सय ७७ विदेशी पछिल्लो ७ वर्षमा निष्काशित भएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२३ मा मात्रै ४ सय ५९ जना विदेशी नागरिकलाई निष्काशन गरिएको हो । यसरी आउने विदेशीहरु भन्सार छली, कल वाईपास, अनलाईनज ठगी लगायतका अपराधमा समेत संलग्न रहेको पाईएको छ । खुल्ला सिमाना, कानुनको कमजोर कार्यान्वयन, उदार भिसा नीतिका कारण विदेशीले नेपाललाई अपराधको थलो बनाएको सुरक्षाविद्को तर्क छ । उनीहरुलाई राजनीतिक नेतृत्वले समेत सहयोग गर्दा आवात जावतमा सहज भएको उनीहरुको तर्क छ ।

देशैभरीको कारागारमा १४ सय १२ जना विदेशी कैदीबन्दी छन् । कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा आएर अपराधिक क्रियाकलाप गर्नेमा भारत, चीन, बंगलादेश, फ्रान्स, थाईल्याण्ड, क्यानडा, पोल्यान्ड लगायत थुप्रै मुलुकका नागरिकहरु रहेका छन् । नेपालमा अपराध गर्नेमा अन्य देशको भन्दा चीनियाँ नागरिकको संलग्नता बढी देखिएको छ । प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो ५ वर्षमा एक सय जना चीनियाँ नागरिक विभिन्न अपराधमा पक्राउ परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका