जोडिनुहोस
  • होमपेज
  • नेपाल र उज्वेकिस्तान भिड्दै

नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आज आइतबार उज्वेकिस्तानको सामना गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १:४५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । नेपालले अघिल्ला पाँच खेलमा लगातार हार व्यहोरेको थियो ।

नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो । तेस्रो खेलमा इरानसँग पराजित भएको नेपालले चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।

यस्तै शुक्रबार किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित हुँदै नेपालले पाँचौं हार व्यहोरेको थियो ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल पुछारमा रहेको छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका