जोडिनुहोस
  • होमपेज
  • मोदी इजिप्टको सर्वोच्च सम्मान ‘अर्डर अफ द नाइल’ले सम्मानित

मोदी इजिप्टको सर्वोच्च सम्मान ‘अर्डर अफ द नाइल’ले सम्मानित

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टले आफ्नो सर्वोच्च सम्मान ‘अर्डर अफ द नाइल’ले सम्मान गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल–सिसीले यो सम्मान प्रदान गरेका हुन् ।

यो इजिप्टको सर्वोच्च नागरिक सम्मान हो । सन् १९१५ मा सुरु भएको यो सम्मान इजिप्ट वा मानवताको लागि उल्लेखनीय सेवा गर्ने राष्ट्र प्रमुख, राजकुमार र उपराष्ट्रपतिहरूलाई दिइन्छ ।

मोदीले ट्वीटरमा लेखेका छन्, ‘म धेरै विनम्रताका साथ ‘अर्डर अफ द नाइल’ स्वीकार गर्दछु । म इजिप्टको सरकार र जनतालाई यो सम्मानका लागि धन्यवाद दिन्छु । यो भारत र हाम्रो देशका जनताप्रति उनीहरूको न्यानोपन हो । यसले स्नेह देखाउँछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका