जोडिनुहोस
  • होमपेज
  • प्लेअफ खेल्ने नेपालसहित चार टोलीको टुंगो

प्लेअफ खेल्ने नेपालसहित चार टोलीको टुंगो

काठमाडौं । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटमा नेपालसहित प्लेअफ खेल्ने चार टोलीको टुंगो लागेको छ । समूह ए बाट नेपाल र अमेरिका तथा समूह बी बाट आयरल्यान्ड र युएईले प्लेअफ खेल्ने भएका छन् ।

समूह चरणबाटै बाहिरिने चार टोलीबीच ७ देखी १० औं स्थानको लागि प्लेअफमा प्रतिस्पर्धा हुनेछ । ३० जुन देखी ६ जुलाईसम्म हुने प्लेअफका खेलबाट ७ औं देखी १० औं स्थान निर्धारण हुनेछ ।

प्लेअफमा समूह ए को चौथो स्थानमा रहने टोलीले समूह बी को पुछारको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ए को पुछारमा रहने टोलीले समूह बी को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेलको विजेता टोलीले ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । पराजित हुने टोलीले नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल समूह ए मा ४ खेलमा ३ मा हार र १ मा जितका साथ २ अंकका साथ चौथो स्थानमा छ । अमेरिका सुरुआती तीन खेलमा हारका साथ पुछारमा छ ।

अन्तिम खेलमा सोमबार अमेरिका वेस्टइन्डिजसँग पराजित भएमा नेपाल चौथो स्थानमा रहनेछ । यदि अमेरिका विजयी भएमा भने नेटरनरेट निर्भर पर्नेछ ।

उता, समूह बी मा आयरल्यान्ड र युएई तीन खेलमा जित विहीन हुँदै बाहिरिएको थिए । मंगलबार युएई र आयरल्यान्डबीच समूह चरणको अन्तिम खेल हुनेछ । उक्त खेलको विजेता टोली समूह बी को चौथो र पराजित हुने टोली पाँचौं स्थानमा रहँदै प्लेअफ खेल्नेछन् ।

समूह ए को चौथो र पुछारमा रहने टोलीको टुंगो साोमबार युएई र जिम्बावेको खेल पछि लाग्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका