जोडिनुहोस
  • होमपेज
  • आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ । यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलियासँग चेन्नईमा खेल्नेछ । ४६ दिने प्रतियोगिताका लागि १० सहरका रंगशाला छनोट गरिएको छ । यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यसअघि नै तय भइसकेका छन् ।

बाँकी दुई टोली को–को हुनेछन् भनेर छनोट खेल हुँदैछ । छनोट चरणको खेल जुलाई ९ मा सम्पन्न हुनेछ, त्यसपछि बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ। यो विश्वकप राउण्ड रोबिनको आधारमा खेलाइनेछ । सबै टोलीले एकअर्कासँग खेल खेल्नेछन्। त्यसपछि शीर्ष चार टोलीले नकआउट चरण र सेमिफाइनलका लागि छनोट हुनेछन्।

प्रमुख खेलहरू

१३ अक्टोबर – अष्ट्रेलिया र दक्षिण अफ्रिका – लखनऊ

अक्टोबर १५ – भारत र पाकिस्तान – अहमदाबाद

अक्टोबर २० – पाकिस्तान र अष्ट्रेलिया – बैंगलोर

अक्टोबर २१ – इङ्गल्याण्ड र दक्षिण अफ्रिका – मुम्बई

२२ अक्टोबर – भारत र न्यूजील्याण्ड – धर्मशाला

२९ अक्टोबर – भारत र इंग्ल्याण्ड – लखनउ

४ नोभेम्बर – अष्ट्रेलिया र इङ्गल्याण्ड – अहमदाबाद

नोभेम्बर १२ – पाकिस्तान र इंग्ल्याण्ड – कोलकाता

पहिलो सेमिफाइनल – १५ नोभेम्बर – मुम्बई

दोस्रो सेमिफाइनल – 16 नोभेम्बर – कोलकाता

फाइल– नोभेम्बर १९– अहमदाबाद

कहाँ कहाँ खेल हुनेछन् ?

विश्वकपका लागि छनोट भएका १० सहरमा हैदरावाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बेंगलुरु, मुम्बई र कोलकाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका