जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

काठमाडौँ । बुधवार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका