जोडिनुहोस
  • होमपेज
  • अर्बपति ज्याक मा नेपालबाट सिधै पाकिस्तान उडे

अर्बपति ज्याक मा नेपालबाट सिधै पाकिस्तान उडे

काठमाडौं । चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् । उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा ११ मा उनी चढेको जहाज उडेको हो ।

ज्याक मा नेपालमा मंगलबार आएका थिए । नेपाल बसाइका दौरान उनी भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमणमा समेत पुगेका थिए । उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका