जोडिनुहोस
  • होमपेज
  • उपचारका लागि अस्पताल पुगेका बिरामीको उपचार गर्न कान्ति अस्पताललाई स्वास्थ्यमन्त्रीको निर्देशन

उपचारका लागि अस्पताल पुगेका बिरामीको उपचार गर्न कान्ति अस्पताललाई स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेपश्चात उपचारका लागि अस्पतालमा पुगेका विरामीको तत्काल उपचार गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउने कार्य बन्द गर्न निर्देशन दिएका हुन् । अनुगमन टोलीमा स्वास्थ्यमन्त्री यादवसहित सचिव डा। रोशन पोखरेल, अतिरिक्त सचिव डा ।दीपेन्द्ररमण सिंह सहभागी भएका थिए ।

अनुगमनका क्रममा मन्त्री यादवलाई अस्पालतका निर्देशक डा। पंकज रायले विभिन्न विभागबारेमा ब्रिफिङ गरेका थिए । उनले केही दिन अघि आईसीयू बेडको अभाव देखाउँदै उपचारका लागि आएको बिरामी फर्काइएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षकण भएको बताएका थिए । उपचारका लागि अस्पताल ल्याइएका कुनै पनि बालबालिका आईसीयू बेड खाली नभएर वा मेसिन बिग्रेको जस्ता कुनैपनि कारणले उपचार नगरी फर्काउने कार्य बन्द गर्नुपर्‍यो,मन्त्री यादवले भने ।

अस्पताल अनुगमनको क्रममा बिग्रिएको अवस्थामा रहेका सीटी स्क्यान, एमआरआई, एक्सरे लगायतका मेसिनहरूको पनि तत्काल मर्मत गरेर सेवा सुचारु गर्न पनि मन्त्री यादवले निर्देशन दिएका थिए । उनले अस्पताल भित्र सञ्चालित फार्मेसीमा नै सबै औषधी उपलब्ध हुने व्यवस्था मिलाउन पनि निर्देशक डा। रायलाई निर्देशन दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका