जोडिनुहोस

लागूऔषधसहित ६ जना पक्राउ

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका(१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित सोही उपहानगरपालिका २१ बस्ने ३५ वर्षीय केशव राम अहिरलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे।५ प ६१० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अहिरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका(१६ महेन्द्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १।१० मिलिग्रामसहित सोही उपमहानगरपालिका १५ सुन्दरबस्ती बस्ने २७ वर्षीय राजेन्द्र गुरुङ समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डुम्मरवानाबाट खटिएको प्रहरीले उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दियाको मधुवन नगरपालिका(६ शान्तिटोलबाट अवैध लागूऔषध ब्राउनसगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय मेहडी हसन अन्सारी र सोही नगरपालिका(८ बस्ने २९ वर्षीय प्रकाश सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले अन्सारीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका