जोडिनुहोस
  • होमपेज
  • चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतले आयोजना गरेको एससीओको भर्चुअल शिखर सम्मेलनमा सहभागी हुने

चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतले आयोजना गरेको एससीओको भर्चुअल शिखर सम्मेलनमा सहभागी हुने

बेइजिङ— चिनियाँ राष्ट्रपति सी चिनफिङ अर्को हप्ता भारतले आयोजना गर्न लागेको सांघाई सहयोग संगठन (एससीओ) को भर्चुअल शिखर सम्मेलनमा सहभागी हुने चिनियाँ परराष्ट्र मन्त्रालयले शुक्रबार जनाएको छ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा, चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङमा साङ्घाई सहयोग संगठनको राष्ट्र प्रमुखहरूको परिषद्को २३ औं बैठकमा भिडियो कन्फरेन्स मार्फत भाग लिनेछन् र जुलाई ४ मा विशेष मन्तब्य दिनेछन्।’ मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलाई उद्दृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

एससीओ काउन्सिल अफ हेड्स अफ स्टेटहरू बैठक जुलाई ४ मा हुने तय भएको छ र बैठकको अध्यक्षता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने एससीओद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

एससीओको परम्पराअनुसार तुर्कमेनिस्तानलाई पनि अध्यक्षको अतिथिका रूपमा आमन्त्रित गरिएको छ ।

एससीओको भारतको अध्यक्षता सदस्य राष्ट्रहरूबीच गहन गतिविधि र पारस्परिक रूपमा लाभदायक सहयोगको अवधि रहेको छ।

भारतले १४ मन्त्रीस्तरीय बैठकहरू सहित कुल १३४ बैठक र कार्यक्रमहरू आयोजना गरेको छ। भारत संगठनमा सकारात्मक र रचनात्मक भूमिका खेल्न प्रतिबद्ध छ र यसको अध्यक्षताको परिणतिको रूपमा सफल एससीओ शिखर सम्मेलनको लागि तत्पर रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका