जोडिनुहोस
  • होमपेज
  • एसइईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

एसइईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को परीक्षा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको बोर्ड बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो ।

सहायक परीक्षा नियन्त्रक भक्तबहादुर गोदारले आजै नतिजा प्रकाशन गर्ने निर्णय गरिएको बताए । ‘अहिले निर्णय लेख्ने काम भइरहेको छ । यसमा सरहरूले हस्ताक्षर गर्नुहुन्छ । अनि नतिजा प्रकाशन गरिन्छ’ गोदारले भने ।

बोर्ड बैठकपछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजिनक गरिने बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका