जोडिनुहोस
  • होमपेज
  • ओजिलद्वारा फुटबलबाट सन्यासको घोषणा

ओजिलद्वारा फुटबलबाट सन्यासको घोषणा

बर्लिन । जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले मात्र ३४ वर्षको उमेरमा सक्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल र रियल मड्रिडका पूर्व खेलाडीले क्लब करियरका दौरान नौवटा उपाधि जितेका थिए जसमा चारवटा एफए कप तथा सन् २०१२ को स्पेनिस ला लिगाको उपाधि समावेश छ ।

जमर्नीका लागि ९२ खेल खेलेका ओजिल सन् २०१४ को विश्वविजेता टोलीका सदस्य थिए । ओजिलले आफ्नो करियर साल्के र वेर्डर ब्रेमनबाट सुरु गरेका थिए । सन् २०१० मा उनी रियल आबद्ध भएका थिए जहाँ उनले ला लिगासहित कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितेका थिए ।

सन् २०१३ मा उनी त्यतिबेला क्लबको कीर्तिमानी ४.२४ करोड पाउन्डमा आर्सनलसँग अनुबन्ध भए । आर्सनलमा उनले लगातार दुईवटा एफएकपको उपाधि जिते । तेस्रो सिजनमा उनी सिजनको उत्कृष्ट खेलाडी घोषित भएका थिए । सन् २०१७ मा उनले पुनः एफएकपको उपाधि जिते ।

सन् २०१८ मा उनी क्लबको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बने । तर, नयाँ प्रशिक्षक उनाई एम्रेको रोजाईमा पर्न सकेनन् । सन् २०२१ मा उनी फेबरबाचेसँग आबद्ध भए भने सन् २०२२ मा उनी इस्तानबुल बासाक्सेरसँग अनुबन्ध भए । तर, चोटका कारण उनले धेरै खेल खेल्न पाएनन् ।

अन्तर्राष्ट्रियस्तरमा ओजिललाई जर्मनी वा टर्कीमध्ये एक रोझ्ने अवसर थियो तर उनले जर्मनी चुने । सन् २०२१ मा युरोपियन यू–२१ च्याम्पियनसीपको फाइनलमा जर्मनीले इंग्ल्याण्डलाई हराउँदा उनी म्यान अफ द म्याच चुनिएका थिए ।

उनी पाँचपटक जर्मनीको वर्ष खेलाडी चुनिएका थिए । तर रंगभेद र अपमानको आरोप लगाउँदै उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए । टर्कीका राष्ट्रपति रेसप तैयप अर्दोगानसँग तस्बिर खिचेको पाइएपछि उनको जर्मनीमा आलोचना सुरु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका