जोडिनुहोस
  • होमपेज
  • बंगलादेशविरुद्धको सिरिज अफगानिस्तानलाई

बंगलादेशविरुद्धको सिरिज अफगानिस्तानलाई

काठमाडौं । घरेलु टोली बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिज अफगानिस्तानले जितेको छ । शनिबार सम्पन्न दोस्रो खेल १ सय ४२ रनको फराकिलो जित निकालेको पाहुना टोलीले एक खेल अगावै सिरिज जितेको हो ।

पहिलो ओडिआईमा अफगानिस्तान डिएल मेथडमा १७ रनले विजयी भएको थियो । पाहुना टोलीले दिएको ३ सय ३२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४३ दशमलब २ ओभरमा १ सय ८९ रन अलआउट भयो ।

बंगलादेशका लागि मुस्फिकुर रहिमले ८५ बलमा ६ चौकाको सहयोगमा ६९ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । सकिब अल हसन र मेहदी हसनले समान २५२५ रन बनाएका थिए ।

टाउहिड हिरिडोयले १६ तथा कप्तान लिन्टन दासले १३ रन बनाए । अफगानिस्तानका लागि फजल फारुकी र मुजिब उर रहमानले समान ३/३ तथा राशिद खानको नाममा २ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो ।

अफगानिस्तानका लागि ओपनर रहमनउल्लाह गुर्बाजले १ सय २५ बलमा १ सय ४५ रनको शतकीय ईनिङ खेले । उनले १३ चौका र ८ छक्का प्रहार गरेका थिए ।

इब्राहिम जाड्रानले १ सय १९ बलमा ९ चौका र १ छक्काको सहयोगमा १ सय रनको शतकीय ईनिङ खेले । मोहम्मद नदिमले १५ बलमा २५ रनको अविजित रहँदा नजिवुल्लाह जाड्रानले १० रन बनाएका थिए ।

बंगलादेशका लागि मुस्तिफिजुर रहमान, हसन महमुद, सकिब अल हसन र मेहदी हसन मिराजले समान २/२ विकेट लिए । दुई टोलीबीचको तेस्रो ओडिआई खेल आगामी मंगलबार रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका