जोडिनुहोस
  • होमपेज
  • कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउन पुष्पलालको अतुलनीय योगदान छ : प्रचण्ड

कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउन पुष्पलालको अतुलनीय योगदान छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउन स्व.पुष्पलाल श्रेष्ठको अतुलनीय योगदान रहेको बताएका छन् । सोमबार पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोह कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रेष्ठले कम्युनिस्ट आन्दोलनलाई राजनीतिक, वैचारिक र सांगठनिक रुपमा योगदान दिएको बताए ।

‘युगान्तकारी राजनीतिक परिवर्तन सहितको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याई पुर्याउन पुष्पलालले गरेको योगदान अनुकरणीय छ । उहाँले कम्युनिस्ट आन्दोलनको विकासमा सिद्धान्त, विचार, नीति देखाउनुभएको मार्गको ठुलो महत्व र अर्थ छ’ प्रचण्डले भने, ‘उहाँ (पुष्पलाल) को योगदान र संघर्ष सबैका सामू छर्लङ्ग छन् । नेपालको कम्युनिस्ट आन्दोलन मात्रै नभएर सिंगो कम्युनिस्ट आन्दोलन अघि बढाउन उहाँको निक्कै ठुलो योगदान छ ।’

पुष्पलालले वैज्ञानिक विचारसहित कम्युनिस्ट आन्दोलनको नेतृत्व र जनवादी क्रान्तिको विकासका निम्ति प्रेरणदायी काम गरेको प्रचण्डले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका