जोडिनुहोस
  • होमपेज
  • सेयर बजारमा सामान्य गिरावट, २ अर्ब ८५ करोडको कारोबार

सेयर बजारमा सामान्य गिरावट, २ अर्ब ८५ करोडको कारोबार

काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार सुरु भएदेखि घट्न थाले पनि दिउँसो १ बजेदेखि सामान्य सुधार आएको थियो ।

तर, पुनः घट्दै परिसूचक ४.७३ अंकले घटेर बन्द भएको हो । यो ०.२३ प्रतिशतको गिरावट हो ।

यसक्रममा आज २ अर्ब ८५ करोड रुपैयाँ बराबरको ७९ लाख ८८ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, परिसूचक घट्दा १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७९ वटा कम्पनीको सेयर मूल्यमा भने सुधार आएको छ । यसबाहेक ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

परिसूचक घटेपनि ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सुधार आएको छ । आज हिमालयन पावर पार्टनर, एनआईबीएल समृद्धि फण्ड–२, रावा इनर्जी डेभलपमेन्ट, लिबर्टी इनर्जी कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य समेत ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यता सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य भने ५.९६ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कारोबार भएका ४ समूहको सूचक बढेको छ । बाँकी सबै समूहको सूचक घटेको छ । आज विकास बैंक, वित्तस समूह, उत्पादनमूलक र म्यूचुअल फण्ड समूहको सूचक बढेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका