जोडिनुहोस
  • होमपेज
  • फाइनल प्रवेशका लागि गुजरात र चेन्नाई भिड्दै

फाइनल प्रवेशका लागि गुजरात र चेन्नाई भिड्दै

काठमाडौं । साबिक विजेता गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेलमा आज मंगलबार खेल्दै छन् ।

चेन्नाईको घरेलु मैदान एमए चेन्नास्वामी क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायर खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।

साबिक विजेता गुजरात चेन्नाईलाई पराजित गरि लगातार दोस्रो पटक फाइनल पुग्ने सोचमा रहेको छ ।

चेन्नाई पनि गुजरातलाई पराजित गरि फाइनल प्रवेशको सोचमा रहेको छ । घरेलु मैदानमा खेल रहेकोले चेन्नाईलाई त्यहाँको वातावरणको साथ मिल्ने हुँदा चेन्नाई केही बलियो देखिन्छ ।

उता, समूह चरणको १४ खेलमा ४ खेल मात्र हारेर समूह विजेता बनेको गुजरात पनि आफैमा बलियो टोली रहेको छ ।

चेन्नाईविरुद्ध समूह चरणमा भएको एक मात्र खेलमा गुजरात विजयी भएको थियो । पहिलो क्वालिफायरको खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ ।

पराजित टोलीले फाइनलमा प्रवेशको अर्को मौका पाउने छ । ईलिमिनेटरको विजेता टोलीसँग पहिलो क्वालिफायरमा पराजित टोलीले खेल्नेछ ।

ईलिमिनेटर खेलमा भने लिगको तेस्रो स्थानमा रहेको लखनउ र मुम्बईको बीचमा खेल हुनेछ । ईलिमिनेटर खेल बुधबार रहेको छ । ईलिमिनेटर खेलको विजेताले शुक्रबार हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ । यस ईलिमिनेटर खेलको पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

दोस्रो क्वालिफायरमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ । पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेताले आगामी आइतबार फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

फाइनलमा विजेता बन्ने टोली यस १६ औं संस्करणको आइपीएलको च्याम्पियन टोली बन्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका